हलमा ‘ओभरडोज’ र तडप’‘ प्रदर्शन

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत आज मंसिर १७ गते नेपाली फिल्म ‘ओभरडोज’ प्रदर्शनमा आएको छ । फिल्म काठमाडौँ उपत्यका भित्र करिब २ दर्जन हलमा तथा उपत्यका बाहिर थप २ दर्जन हलमा लागेको फिल्मका निर्माता तथा वितरक करण श्रेष्ठले बताएका छन् ।

बिहानको समयमा दर्शकको उपस्थिति सामान्य भए पनि दिउँसोका शोहरुबाट भिड बढ्ने उनको अपेक्षा छ । चलचित्रको ट्रेलर दर्शकले मन पराएकोले पनि फिल्मले राम्रो व्यापार गर्नेमा श्रेष्ठ ढुक्क छन् ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रनिसराज पन्त, सविन जङ्ग थापा र बिना श्रेष्ठ, गौरव गुरुङ, स्वामी डिलेलगायतको अभिनय रहेको छ । दादा प्रोडक्सन हाउसको निर्माण रहेको फिल्ममा साजन कार्कीको सम्पादन रहेको छ । त्यस्तै अर्को  शुक्रबारबाटै प्रदर्शनमा आएको बलिउड फिल्म ‘तडप’म अहान सेट्टी र तारा सुतरियाको मुख्य भूमिका छ ।