किन गर्दै छन् क्याट्रिना र विक्की कोर्ट म्यारिज ?

 

एजेन्सी- बलिउड अभिनेता तथा अभिनेत्री विकी कौशल र क्याट्रिना कैफको विवाह आउन अब धेरै दिन बाँकी छैन । तर, उनीहरुले पारम्परिक रुपमा विवाह गर्नुभन्दा पहिले नै कोर्ट म्यारिज गर्दै छन् । भारतीय मिडियामा आएको रिपोर्टअनुसार यो जोडीले राजस्थानमा हुने विवाहभन्दा पहिले अदालतमा विवाह गर्न लागेको हो । अर्थात् कोर्टम्यारिज गरेपछि मात्र उनीहरुले पूरै रितिरिवाजका साथ विवाह गर्ने भएका छन् । यसको कारण पछिल्लो समय फैलिएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट हुनसक्ने पनि जनाइएको छ ।