रचना रिमालले गरिन् १२ पास

 

काठमाडौँ-  गायिका रचना रिमालले कक्षा १२ पास गरेकी छन् । उनले जिपिए ३.४४ सहित १२ कक्षा पास गरेको खबर सामाजिक संजाल मार्फत सेयर गरेकी छन् । कलेज नगए पनि उनले परीक्षा भने दिइरहेकी थिइन् । पढाइ पुरै नबिग्रिएको बताउँदै आएकी उनी आफ्नो यो सफलतामा दङ्ग देखिएकी छन् ।

सानैदेखि पढाइमा अब्बल उनी गायन रियालिटी शो नेपाल आइडलमार्फत चर्चामा आएकी थिइन् । नेपाल आइडलको टप ८ बाट बाहिरिएकी उनले त्यसपछि गायन क्षेत्रमा भने ठुलो फड्को मारेकी छन् ।