राप्रपाको महामन्त्रीमा रेखा थापाको उम्मेदवारी दर्ता, समर्थकले मागे भोट !

 

काठमाडौं-  फिल्म नायिका समेत रहेकी अभिनेत्री रेखा थापाले काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी छिन् । उनले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीको घोषणा गरेकी हुन् । राप्रपामा एक महिलासहित तीन जना महामन्त्री हुने व्यवस्था छ । उनी महिला कोटातर्फबाट महामन्त्रीका लागि उम्मेदवार बन्न लागेकी हुन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकताको पहिलो महाधिवेशनमा उनी प्रतिनिधिहरूसँग भोट मागिरहेकी छिन् ।

उनको पक्षका महाधिवेशन प्रतिनिधिले पनि रेखाको लागि भोट मागिरहेका छन् । ‘पूर्वपश्चिम के भन्छ स् रेखा थापा ले भन्छ’ र ‘रेखा थापा वी लभ यू’ भन्दै प्रतिनिधिले भोट मागिरहेका छन् । रेखाका समर्थकले भोट माग्दै प्रदर्शनीमार्गमा जुलुस पनि निकालेका छन् ।