नेपाल आइडल प्रसारण मितिको घोषणा धरहराबाट

 

काठमाडौं – गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करण प्रसारणको तयारीमा छ । नेपाल आइडलको चौथो संस्करण मंसिर २३ गते रातिबाट प्रसारण हुने भएको छ । एपिवान टेलिभिजनबाट प्रसारण हुने सोको घोषणा धरहराबाट गरिएको हो । देशभरबाट छानिएर आएका सय प्रतिस्पर्धीले नेपाल आइडको चौथो संस्करणको ‘उपाधि’का लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल आइडलका अघिल्ला तीन सिजनले दर्शकको उल्लेख्य साथ पाएको थियो । यो शोबाट जन्मिएका थुप्रै प्रतिभाहरु अहिले नेपाली सांगीतिक क्षेत्रमा चर्चित छन् । आइडलको तेस्रो सिजनसम्म निर्णायकको कुर्सीमा बसेका कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी र न्ह्यू बज्राचार्य यो सिजनमा देखिने छैनन् । यो सिजनमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तानले प्रतियोगीको क्षमता मूल्यांकन गर्नेछन् ।