अभिनेत्री करिश्मा मानन्धरले गरिन् १२ पास

 

काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार भएको नतिजाअनुसार उनले दुई विषयमा ए प्लस ग्रेड ल्याउँदै समग्र  परीक्षा उत्तीर्ण गरेकी हुन् ।  राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक गरेको हो । पास भएपछि करिश्माले खुसी हुँदै अब स्नातक पढ्ने बताएकी छन् ।