र्‍यापर राजा कुमारी नेपालमा, एर्पोर्टमा गरियो भव्य स्वागत !

 

इण्डियन-अमेरिकन र्यापर द राजा कुमारी नेपाल आइपुगेकी छन् ।  ‘राजा कुमारी’लाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । कन्सर्टको लागि उनी नेपाल आएकी हुन् । डिसेम्बर ४ यानिकी भोलि काठमाडौँको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने कन्सर्टमा उनी प्रस्तुत हुन लागेकी हुन् । उनी शुक्रबार दिउँसो १ बजे नेपाल आइपुगेकी हुन् ।  राजा कुमारीले दर्शकलाई हिन्दी तथा अङ्ग्रेजी गीतमा नचाउनेछिन् यस कार्यक्रमको इभेन्ट म्यानेजर इनोभेटिभ नेशन इभेन्टस हो । र, यसका सञ्चालक एसवान्त अग्रवाल हुन् । उनले आफू नेपाल आउँदा निक्कै नै खुशी भएको प्रतिक्रिया दिइन् ।

अग्रवालसहित मनिष रावत, सोनम शेर्पा र निमेष अग्रवालले राजा कुमारी नेपाल ल्याउन भूमिका खेलेका थिए । डिजे पेसामा समेत रहेका अग्रवालले नेपालमा विद्युतीय सवारीको समेत बिक्री वितरण गर्दै आएका छन् । उनले दोहान नेपाल नामक कम्पनीमार्फत विद्युतीय सवारीको बिक्री गर्दै आएका छन् । राजा कुमारीलाई नेपाल ल्याउन निक्कै नै गाह्रो भएपनि आफूहरु सफल भएको फरेनहाइटका सीइओ मिलन श्रेष्ठले जानकारी दिए ।