अनुभव रेग्मी डिस्चार्ज

 

 

 

 

 

काठमाडौँ- कलाकार अनुभव रेग्मी अस्पताल भर्ना भएका थिए । स्कुलबाट फुटसल खेल्ने क्रममा उनी चिप्लिएर धाइते भएका हुन् । घाइते भएलगत्तै उनलाई स्कुलको टिचरहरुले अस्पताल लगेका थिए । कुराकानीमा अनुभवले भने सानो घाउमात्र होला भनेको त उपरेशन नै पो गर्नुपर्यो । मलाई त सारै डर लाग्यो । मम्मी देख्ने बित्तिकै डरले रोएको पनि उनले बताए । अहिले भने उनको स्वास्थ्य राम्रो नै छ । अहिले अनुभव अस्पतालबाट घर फर्किसकेका छन् । उनी एभरेस्ट हस्पिटलमा उपचाररत थिए । कुराकानीको क्रममा अनुभवको मम्मी कविता रेग्मीले भनिन्- पहिले त सानो घाउ होला भन्ने लागेको थियो पछि त ठुलै रहेछ बाबुको डे«सिन्ङ समेत हेर्न सकिन मैले ।

 

अनुभव बिरामी भएको भनेर केही समय अगाडी एक पत्रिकाले समाचार सम्प्रेण गरेको तर सोही समाचार झुट भएको उनले बताइन उनले भनिन् यसरी झुटो समाचार दिदाँ अहिले मेरो छोरो अस्पतालमा हुदाँ पनि कतिले सुटिङ हो भनेर कमेन्ट गर्नुभयो । पुरानो फोटो राखेर यस्तो झुटो समाचार आउँदा दुख स् ख लागेको उनले बताएकी छन् ।अनुभव नेपाली फिल्मका अत्यन्त लोकप्रिय बालकलाकार हुन् । उनले रिदम, काली जस्ता प्रसिद्ध फिल्म गरिसकेका छन् । उनीफिल्म नाइँ नभन्नु ल २ देखी नाइँ नभन्नु ल ५ सम्ममा देखिसकेका छन् । उनले अभिनय गरेको फिल्म ‘प्रेम गीत ३’ आउन बाँकी नै छ ।