फिल्म ‘घामड शेरे’ युटुवमा

 

काठमाडौं-  नेपाली फिल्म ‘ घामड शेरे’  युटुवमा सार्वजनिक भएको छ । । फिल्मको मुख्य भूमिकामा कलाकार निश्चल बस्नेतले काम गरेका छन् । हेमराज वीसी निर्देशित फिल्म ‘घामड शेरे’को सामाजिक कथा र कमेडीले भरिएको यो फिल्ममा नायिका स्वस्तिमा खड्का, कलाकार सुष्मा निरौलाको साथमा नायिका गौरी मल्लको विशेष भूमिका छ ।

हेमराज वीसी र सिमोस सुनवारको लगानीमा तयार भएको फिल्म निश्चललाई जे कुरामा पनि फरक र जिद्दी व्यवहार देखाउने पात्रको रुपमा देखाइएको छ । नायिका स्वस्तिमा खड्का भने फिल्ममा निश्चलकी सालीकी भूमिकामा देखिएकी छिन् । हेमराज वीसी निर्देशित फिल्म सामाजिक कथा र कमेडीले भरिएको नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन छ ।