फिल्म ‘चुरीफुरी’ सेन्सर पास, रिलिज कहिले ?

 

 

कमेडी जनरामा निर्माण भएको फिल्म ‘चुरीफुरी’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने अर्थात युनिभर्सल सर्टिफिकेट दिँदै फिल्म पास गरेको छ । चुरीफुरी’का निर्देशक आचार्य फिल्म पुस ९ मा रिलिज गर्ने मनस्थितिमा आफूहरु रहेको बताउँछन् । तर, अबको केही दिन कोरोनाको असर कस्तो देखिन्छ भन्ने कुरामा पनि भर पर्ने उनको भनाइ छ । ‘हामी आत्तिएका छैनौं, तर सचेत भने छौं । भारतमा पनि महँगो बजेटका फिल्म रिलिज गर्न निर्माता डराएका छैनन्,’ उनले भने, ‘यस्तो अवस्थामा हामी पनि डराउनुपर्ने त छैन । तर, परिस्थितिलाई हेरेर निर्णय लिन्छौं ।’

आगामी पुस ९ गते अर्थात डिसेम्बर २४ मा देशभरका हलबाट फिल्म प्रदर्शनमा आउँदैछ । निर्देशक आचार्यकै लेखन तथा निर्माण रहेको फिल्ममा नव–कलाकारहरु अभिषेक श्रेष्ठ,पूजा पन्त,सोना बज्राचार्य,रिन्जिन गुरुङ र राजीवजंग बस्नेत मुख्य भूमिकामा छन,भने फिल्म तथा टेलिभिजनका चर्चित कलाकर्मीहरु–रबिन्द्र झा,शिशिर भण्डारी,दीपक आचार्य (काकु),सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी),सुरवीर पण्डित,सुनीता श्रेष्ठ तथा ऋतु आचार्य,लक्ष्मी ढकाल,राजेन्द्र खाती,मनिल तामाङ,महेश्वर आचार्य,कमल सिंह,अस्मिता बस्नेत,तुलसी श्रेष्ठ, रश्मी आचार्य,सरिस्मा मगरलगायतको अभिनय समेत रहेको छ ।