विकी र कट्रिनाको विवाहमा सुरक्षाको जिम्मा सलमान खानका बडीगार्ड शेरालाई !

- मेराेफिल्म

 

मुम्बई – बलिउड अभिनेता विकी कौसल र अभिनेत्री कट्रिना कैफको विवाह समारोह भोलि मंगलबारबाट सुरु हुँदैछ । राजस्थानको एक होटलमा तीन दिनसम्म चल्ने समारोहको तयारीलाई लिएर थरिथरिका जानकारी आइरहेका छन् ।

यसमा विकी र कट्रिनाले ककसलाई बोलाए र बोलाएनन् भन्नेदेखि उनीहरूले कस्ता कस्ता लुगा लगाउँदैछन् र विवाहमा के के गर्दैछन् भन्नेसम्मका जानकारी छन् । यहीँ विवाह समारोहमा अनिच्छित आगन्तुकले दुःख नदिऊन् भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको समाचार आएका छन् र यसका लागि राजस्थानको राज्य सरकारले पनि बेग्लै प्रहरी फौज खटाएका समाचार आएका छन् । तर, यतिले नपुगेर विकी र कट्रिनाले निजि सुरक्षाकर्मी पनि तैनाथ गरेका छन् जसले विवाह समारोहको सुरक्षा गर्छन् । तर, रोचक कुरा के भने यसको जिम्मेवारी पाएका छन्, शेरा सिंहले । यी शेरा सिंह तिनै व्यक्ति हुन् जसले सलमानको बडीगार्डको काम गर्छन्।

कट्रिना र विक्कीको विवाहका लागि भारतका थुप्रै राज्य र विदेशबाट सागसब्जी मगाइएको छ । यहाँसम्म कि थाइल्याण्डबाट पनि विभिन्न खालका तरकारी मगाइएका छन् । यस्तै कर्नाटकबाट रातो केरा र च्याउ मगाइएको छ । यसका साथै पालुङ्गो र बन्दासमेत विभिन्न सागसब्जी पनि कर्नाटकबाट मगाइएको छ

२०७८ मंसिर २१ गते १५:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *