क्याट्रिना र विकीको हल्दी सेरेमनी आज, को-को आउदैँछन् ?

 

एजेन्सी- बलिउड अभिनेता विकी कौशल र अभिनेत्री क्याट्रिना कैफको ९ डिसेम्बरमा हुने विवाहको तयारी अहिले राजस्थानमा धुमधामका साथ भइरहेको छ ।  ९ डिसेम्बरमा विवाह हुने भए पनि ७ डिसेम्बरबाट नै विभिन्न कार्यक्रम गरिएका छन् विकी र क्याट्रिनाको विवाहका लागि । यहीबीच आज यो जोडीको हल्दी सेरेमनी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय मिडियामा आएको समाचारअनुसार आजको यी दुईको यो कार्यक्रममा सहभागी हुन शाहरुख खान र अक्षय कुमार पनि पुग्दैछन् ।  यी दुईले आफ्नो विवाहमा सलमान खानलाई चाहिँ बोलाएका छैनन् । उनीहरुको विवाह चाहिँ ९ डिसेम्बरमा दिउँसो एक बजे सुरु हुने भनिएको छ ।