आजदेखि नेपाल आइडल

 

काठमाडौँ- चर्चित रियालिटी सो नेपाल आइडल आज देखि प्रशारण हुने भएको छ । यसको मुख्य प्रयोजकको रुपमा कोका-कोला रहेको छ । कोका-कोला र नेपाल आइडलको यो दोश्रो वार्षिय सहकार्य हो । कोका-कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

केहिदिन अघि राजधानीमा एपी-वान र कोका-कोलाबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले कोका-कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो। ‘नेपाल आइडल’को चौथो सिजनमा निर्णायकहरु भने परिवर्तन भएका छन् । यो सिजनमा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा छन् ।