प्रहरीसमक्ष उपस्थित हुन कंगना रनौटलाई अदालतको आदेश

भारतीय अभिनेत्री कंगना रनौटलाई मुम्बई प्रहरीसमक्ष उपस्थित हुन अदालतले आदेश दिएको छ । कंगनालाई बम्बे हाई कोर्टले २२ डिसेम्बरमा मुम्बई प्रहरीसमक्ष उपस्थित हुन आदेश दिएको छ । कंगनाले सिखविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोपमा एफआईआर दर्ता गरिएको थियो । मोदी सरकारले तीनवटा कृषि कानुन फिर्ता लिएपछि कंगनाले असन्तुष्टि जनाउँदै उनीहरूविरुद्ध टिप्पणी गरेकी थिइन् ।

उनीविरुद्ध परेको रिटमाथि आज सुनुवाई गर्दै बम्बे हाई कोर्टले कंगनालाई २२ डिसेम्बरमा मुम्बई प्रहरीसमक्ष उपस्थित हुन आदेश दिएको छ । यससँगै अदालतले महाराष्ट्र सरकारलाई २५ जनवरीसम्म उनीविरुद्ध कुनै पनि जबरजस्ती कारबाही नगर्न आदेश दिएको छ ।