‘चपली हाइट ३’ दुई साता पछि सर्‍यो, जाडो महिनामा लगानी नउठ्ने निर्माताको डर !

 

काठमाडौं-  दक्षिण भारतीय (साउथ) फिल्म ‘पुष्पा’ आएको खण्डमा आफूलेफिल्म नै रिलिज नगर्ने बताउँदै आएका निर्माता अर्जुन कुमारले अन्ततः ‘चपली हाइट ३’को प्रदर्शन मिति सारेका छन् ।  अब यो चलचित्र पुसको १५ गते रिलिज हुने भएको छ ।  निर्माता अर्जुज कुमारले मेरोफिल्मसंग भने  फिल्मको प्रदर्शन मिति दुई साता पछि सारेको छौं । जाडो महिना र लगानी नउठ्ने डरले फिल्म सारेको जानकारी दिए ।‘चपली हाइट ३’ पुस २ गतेबाट रिलिज हुने तयारीमा थियो । तर, यो मितिमा अंग्रेजी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब चलचित्र ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका हुन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यो फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम लगायतका कलाकारको अभिनय छ ।