अभिनेत्री नम्रता सापकोटाले लिइन् ओशो सन्यास

पछिल्लो समयमा कलाकारहरु आध्यात्मिक बन्ने क्रम जारी छ । यसैक्रममा अभिनेत्री नम्रता सापकोटा पनि आध्यात्मिक बनेकी छिन् । सापकोटाले ओशो सन्यासी बनेको तस्बिर शेयर गर्दै आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

तस्बिरमा सापकोटाले गेरु रङको बस्त्र लगाएर हातमा ओशोको पुस्तक बोकेको देखिन्छ । तस्बिर सेयर गर्दै उनले क्याप्सनमा लेखेकी छिन्, ‘प्रेम लक्ष्य हो…जीवन यात्रा हो…ओशो ।’

प्रत्येक महिनाको ७ देखि १४ तारिखसम्म चल्ने ओशो ध्यान शिविरमा एक हप्ताको शिविरमा सहभागी भएर मंगलबार अभिनेत्री सापकोटा घर फर्किएकी छिन् ।

अभिनेत्री तथा सन्यासी शोभिता सिंखडाले नम्रतासँगको एक तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘ओशो परिवारमा स्वागत छ ।’ सोभिताले केही वर्ष अघि नै ओशो सन्यास लिएकी थिइन । सम्भवतः सिम्खडा पछि ओशो सन्यासी बन्ने सापकोटा दोस्रो नायिका हुन् । यद्यपी सन्यास नलिए पनि केही अभिनेत्रीहरुले पटक पटक ओशो ध्यान गर्ने गरेका छन् ।