फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

Mero Film

 

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मंगलबार युट्युबमा सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल लगायतका कलाकारहरुको समेत यो फिल्ममा अभिनय छ ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार छन् । यो फिल्मले व्यावसायिक रुपमा सफलता कायम गरेको थियो । ‘


Leave a Reply

Your email address will not be published.