बलिउड नव विबाहित जोडी कटरिना–विक्कीले सार्वजनिक गरे माया, सम्मान र कदरकालागि तस्बिर

बलिउड नव विबाहित जोडी अभिनेत्री कटरिना–विक्कीले पहिलोपटक प्रि–वेडिङ सुटका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। यी तस्बिरमा कटरिना र विक्की कौशल दुवै रोमान्टिक देखिएका छन्।

राजस्थानको सिक्स सेन्स फोर्टमा डिसेम्बर ९ मा विवाह गरेका थिए। विवाहपछि विक्की–कटरिना दुवैले आफ्नो शाही विवाहका तस्बिरमार्फत आफ्ना फ्यानहरूसँग हल्दी, मेहन्दी, संगीत, मण्डप र धेरै तस्बिरहरु सेयर गरेका छन्।

कटरिना कैफले प्रि-वेडिङ फोटो सुटका रोमान्टिक तस्बिर सेयर गर्दै लेखेकी छन्- प्रेम, सम्मान र कदरका लागि।

विक्कीले पनि कटरिनासँगको तस्बिर सेयर गर्दै त्यही क्याप्सन लेखेका छन्। दुवैले सेयर गरेका तस्बिरर सिक्स सेन्स फोर्टमा भएको प्रि-वेडिङ सुटका हुन्। तस्बिरमा जोडी निकै सुन्दर देखिन्छ। यो जोडी मंगलबार माल्दिभ्सबाट हनिमुन मनाएर फर्किएका हुन्।