पुनः प्रसारण हुँदै जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’

गत कात्तिकमा बन्द भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारणमा आउने भएको छ । हास्यकलाबार जितु नेपालले सञ्चालन गर्दै आएको उक्त कमेडी शो नयाँ ढाँचा र टीमसँगको सहकार्यमा प्रशारण हुने भएको हो ।

जितुको हास्यकार्यक्रममा निर्देशक दिनेश डिसी पनि आबद्ध हुने भएका छन् । शो मा करिश्मा मानन्धर पनि निरन्तर हुने बुझिएको छ ।

फुलन्देको आमा अर्थात उमेश राईसँग विवाद भएपछि जितुले शो बन्द गरेका थिए ।