‘हेल्लो जिन्दगी’ फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘हेल्लो जिन्दगी’ को फस्टलुक सार्वजनिक भएको छ । योसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

 

फिल्ममा प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रम डी जोशी, विल्सनविक्रम राई, विक्रान्त बस्नेत लगायतको अभिनय देख्न सकिनेछ ।

यसैगरी एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ ।

यूके र नेपालमा छायांकन गरिएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेकी छिन् ।

यो फिल्म चैत ११ गते देशब्यापी प्रदर्शनमा आउनेछ ।