फिल्म निर्माता तथा कलाकार विजयगलानी निधन

बलिउड फिल्म निर्माता तथा कलाकार विजयगलानी निधन भएको छ । गलानीको बुधबार निधन भएको भारतीय मिडियाले जनाएका छन् । गलानीको निधनमा बलिउडका कयौ स्टारले शोक व्यक्त गरेका छन् ।

गलानीले सलमानको अभिनय रहेको फिल्म ‘वीर’ र विद्युत जामवालको फिल्म ‘द पावर’ समेत निर्माण गरेका थिए ।

गलानीले सलमान खान, अक्षय कुमार, बबी देओल र गोविन्दा जस्ता स्टारको साथ अभिनय गरेका छन् । उनले अभिनय गरेको फिल्म ’अजनवी’ छोडेर सबै फ्लप छन् ।