पोखरा फेवातालको किनारमा रैथाने संगीत समूहको प्रस्तुति

पोखरा फेवातालको किनारमा लोक तथा परम्परात संगीतमा सक्रिय ‘रैथाने’ संगीत समूह गुञ्जिएको छ । पाँचौं संस्करणको पामे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा गायिका झुमा लिम्बूको समूहले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका रैथाने भाका गाउँदै पोखराका दर्शक झुमायो ।

गायिका झुमा लिम्बूको समूहले पहिलो पटक पोखरामा प्रस्तुति दिएको हो।

गायिका पुष्पा पलाञ्चोकेले नेपाल भाषाका दाफा अन्तर्गतका दुई गीत साँखु जय जोगिनी, भैरव खारा गाउँदै समूहकी गायिका पुष्पा पलाञ्चोकेले कार्यक्रम सुरु गरिन् । उनले चासद्य र तननी भजनलाई प्रस्तुत गरिन् ।

उक्त भजन उनले चासःद्य र तःननी मा संकलन गरेकी हुन्। देशका मौलिक संगीतलाई प्रवर्द्धनमा जुटेको रैथानेले नेपाल भाषामा प्रस्तुति दिएको पहिलो पटक भएको रैथानेकी संस्थापक पनि रहेकी झुमाले बताइन्।

गायिका झुमा लिम्बूले घाटु, हाकपारे, हियारी, तामाङ, मैथली, कौरा, डोट्याली लगायतका लोकसंगीत प्रस्तुत गर्दा पोखराका दर्शक मन्त्रमुग्ध बने । रैथानेका झुमा र पुष्पासँगै सम्भु बानिया, अशेष राई, मनिष गन्धर्व, मोआ र तोमसले वाद्यवादनमा सहयोग गरेका थिए । मोआ र तोमसले कार्यक्रममा चिलीका लोकसंगीतसँगै नेपाली फ्युजन पनि प्रस्तुत गरे।

उनले ‘दोख’ फिल्मको ‘रातैले बुन्छ’ गीत पनि गाइन्। यो गीतमा पुष्पा-संगमको संगीत र झुमाकै स्वर छ। झुमा र पुष्पालाई वाद्यवादनमा साथ दिएका थिए शम्भु बानियाँ, अशेष राई, मनिष गन्धर्व र चिलीका मोआ र तोमसले। मोआ र तोमसले पनि कार्यक्रममा चिलीकाे लोकसंगीत सुनाएका थिए।

‘नेपथ्य’का गायक अमृत गुरुङ, ‘१९७४ एडी’ का निरकार याकथुम्बा, लेखक सरस्वती प्रतीक्षा लगायतले दर्शक बनेर रैथानेको प्रस्तुतिमा रमाए ।लोक तथा परम्परागत मौलिक नेपाली संगीतमा काम गदै आएको रैथानेको यो पोखरामा पहिलो प्रस्तुति हो । यसअघि पनि काठमाडौंको मोक्षमा पनि प्रस्तुति दिएको थियो । गायिका लिम्बूले ‘दोख’ फिल्मको ‘रातैले बुन्छ…’ पनि गाइन् । यो गीतमा पुष्पा संगमको संगीत र झुमाको स्वर छ ।

करिब एक घण्टाको प्रस्तुतिपछि ‘फिल्ममा मौलिक गीतसंगीत’ सम्बन्धी अन्तर्क्रिया भएको थियो। यसमा झुमा र पुष्पाले फिल्म सशक्त माध्यम भए पनि त्यसमा मौलिक संगीतको प्रयोग कमै हुने भनाइ राखे।

गायिका लिम्बूले फिल्मको कथासँगै मौलिक गीत संगीतलाई पनि महत्त्व दिनुपर्ने धारणा राखिन्।

‘हामीकहाँ फिल्मको छायांकन सकेर, सम्पादनमा आइपुग्दा बल्ल संगीतकारलाई खोजिन्छ। तर कथा लेखनकै क्रममा फिल्मका लेखकले संगीतकारलाई भेट्नुपर्छ। फिल्म गर्न जति गाह्रो छ, संगीत गर्न उत्तिकै गाह्रो छ,’ लिम्बूले भनिन्।

युवा फिल्ममेकरहरुले निर्माताहरुबीच आफ्नो नयाँ प्रोजेक्टबारे पनि ‘पिच’ गरे । ‘प्रड्युर ओ सुद’का प्रमुख गियोम म्यागेट र फ्रान्सेली निर्माता जुलियट गारमोन्टले अन्तर्राष्ट्रिय सह-निर्माणमा अन्तरक्रिया गरे । पुस १२ देखि सुरु भएको फिल्म फेस्टिभल आज शुक्रबार सकिँदैछ ।