लक्की मिडिया साँगीतिक एवं सम्मान कार्यक्रममा चार विधाका पांँच व्यत्तित्व सम्मानित

लक्की मिडिया हाउस चितवनको आयोजनामा एनप्लस प्रोफेसनल “लक्की साँगीतिक साँझ २०७८ एवम् सम्मान कार्यक्रमू मा चार विधाका पांँच व्यत्तित्व सम्मानित भएका छन । भरतपुरमा भएको कार्यक्रममा उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा चिकित्सा विधातर्फ भरतपुर अस्पतालका प्रसूति विभागका प्रमुख बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सुनिलमणी पोखरेल , समाजसेवी विधामा मोहन माध्यमिक विद्यालयका सञ्चालक समितिका अध्यक्ष रवि शमशेर थापा, शिक्षाकर्मी विधाबाट प्रेरणा आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य तेजप्रसाद चुडाल रहेका छन् ।

व्यवसायी विधाबाट युवा उद्यमी प्रभु हाउजिङ्ग एण्ड प्रोपटी डिलर्सका अध्यक्ष केशव कार्की र केन्द्रदीप बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं युवा उद्यमी लोकेन्द्र अधिकारी सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि , विशिष्ट अतिथि तथा अतिथिहरुले दौसल्ला र सम्मानपत्र सहित सम्मानित गरेका थिए ।

सो अवसरमा बोल्दै लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीु कोरोना कहर पछिको यो मिडिया हाउसको पहिलो साँगीतिक कार्यक्रम भएको र आम श्रोता, दर्शक, विज्ञापनदाता र शुभेच्छुकको प्रेरणाले नै आफूले साँगीतिक तथा सम्मान कार्यक्रम गर्न सफल भएको बताए ।

मोफसलमा यस्ता रचनात्मक तथा प्रर्वद्धनात्मक कार्यक्रम गर्न चुनौति रहेको भन्दै कार्कीले आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरी हौसला प्रेरणा र उर्जा दिएको उनको भनाई छ ।

कार्यक्रममा प्रमुख अतिथिमा संविधानसभा सदस्य एवं नेपाली कांँग्रेस चितवनका पूर्व सभापति रामकृष्ण घिमिरे, विशिष्ट अतिथिमा नेपाली साँगीतिक क्षेत्रका चर्चित गायक आनन्द कार्की, अतिथिमा लक्की मिडिया हाउसका निर्देशक एवं कार्यक्रम संयोजक हेमन्त केसी हरि र नेपाली कांँग्रेस चितवनका नेता विजयराज शर्मा भुषाल रहेका थिए । साँगीतिक कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्कीले लोक, आधुनिक तथा नेपाली चलचित्रका गीतहरुद्धारा आफ्नो एकल प्रस्तुती दिएका थिए ।