मार्चमा विवाह गर्दै फरहान अख्तर र शिवानी दान्डेकर

बलिउड अभिनेता फरहान अख्तर र शिबानी दान्डेकर लामो समयदेखि डेट गरिरहेका छन् । उनीहरुलाई सबैभन्दा कूल कपलको रुपमा बलिउडमा चित्रण गरिदै आइएको छ ।

आफ्नो प्रेम सम्बन्धलाई लिएर दुवै जनाले खुलेर कुरा गर्दै आएका छन् । सामाजिक सञ्जालमा दुवै जनाको फ्यान फलोइङ पनि लोभ लाग्दो छ ।

उनीहरुलाई लामो समयदेखि धेरै फ्यानहरूले विवाह बन्धनमा बाँधिन अनुरोध गर्दै आएका थिए । अब भने उनीहरुले फ्यानको इच्छा पुरा गर्ने भएका छन् । उनीहरुले विवाह गर्ने निर्णय गरेका छन् ।

बलिउड लाइफको एक रिपोर्ट अनुसार यसै वर्षको मार्च महिनामा उनीहरुले विवाह गर्ने योजना बनाएका छन् । कोरोना माहामारीका कारण विवाहमा एकदमै थोरै तर नजिकका व्यक्तिलाई बोलाउने उनीहरुको योजना रहेको छ ।