पहिलो ‘नेपाल मिडिया अवार्ड’ को मनोनयन सार्वजनिक, नीर शाहलाई दीर्घ साधना सम्मान

ड्रिम हाइ नेपालले ‘नेपाल मिडिया अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ ।

यही पुस २४ गते आयोजना हुन लागेको ‘एलआईसी नेपाल मिडिया अवार्ड-२०७८’को मनोनयन सार्वजनिक गरिएको हो । काठमाडौंको सोल्टी होटलमा हुने समारोहमा कुल २० विधामा अवार्ड प्रदान गरिने ड्रिम हाई नेपालका निर्देशक कमल जीसीले जानकारी दिए ।

कूल २० वटा विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको निर्देशक जिसीले बताए ।

नेपाली सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जीसीले बताए । पहिलोपटक आयोजना हुन लागेको मिडिया अवार्डमा वरिष्ठ टेलिभिजनकर्मी तथा कलाकार नीर शाह, वरिष्ठ पत्रकार भैरव रिसाल र किशोर नेपाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

टेलिभिजन, छापा, रेडियो र अनलाइन सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिको आधारमा मनोनयन सार्वजनिक गरिएको जनाइएको छ ।