बलिउड अभिनेत्री ईशा गुप्तालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री ईशा गुप्ता कोरोना संक्रमित भएकिछन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।

इशाले लेखेकी छन्, ‘धेरै सावधानी अपनाएर पनि म कोरोना संक्रमित भए । म कोभिड प्रोटोकल पालना गर्दै होम क्वारेन्टाइनमा छु । कृपया सुरक्षित रहनुहोस् र मास्क लगाउनुहोस्, आफ्नो र अरूको ख्याल राख्नुहोस्।’