अड्कलबाजी भन्दा पनि प्रेमबाज देखियो नि पूजा !

नायिका पूजा शर्मा भनने वितिकै अक्सर चर्चामा रहने नाम हो । आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन् । फिल्म ‘प्रेमगीत’पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकोले विषयले चर्चामा देखिन्छन् ।

आकाश श्रेष्ठसँगको प्रेम टुटेपछि उनी युद्धको प्रेममा परेको भन्दै फिल्मी क्षेत्रमा चर्चा हुन थालेको छ । यस विषयमा पूजा र युद्धले केही बताएका छैनन् । तर, यी दुईको प्रेम सम्बन्ध रहेको अड्कलबाजी फिल्मी क्षेत्रमा चर्चाको विषय बनेको छ ।

पर्दा अगाडि देखिने कलाकारको विषयमा दैनिक रुपमा आउने गसिप कहिलेकाहीं उनीहरुका लागि चर्चाको राम्रै खुराक बन्छ भने कहिलेकाहीं टाउको दुखाइको विषय ।

यही बीचमा शनिबार युद्धले आफ्नो जन्मदिन मनाए । युद्धलाई जन्मदिनको शुभकामना दिने क्रममा पूजाले सामाजिक सञ्जालमा एक भिडियो राख्दै लेखिन्, ‘जन्मदिनको शुभकामना साथी ।’

यसपछि शनिबार बेलुका जन्मदिनलाई उत्सवमय बनाउन एक क्लबमा गरिएको सेलिब्रेसनका भिडियो पनि सामाजिक सञ्जालमा देखिए । जस कारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीलाई बल पुर्याएको देखिन्छ ।