‘रामायण’का ‘लक्ष्मण’ कोरोना संक्रमित भएपछि मागे फ्यानसँग माफी

विश्वभर कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । शनिबार मात्रै भारतमा १ लाख ५९ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । रामायणका लक्ष्मण अर्थात सुनील लाहिरीलाई कोरोना संक्रमण भएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले फ्यानलाई जन्मदिनको दिन आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

आफ्नो जन्मदिनको दिन सुनील लाहिरीले आधिकारिक इन्स्टाग्राम खातामा पोस्टमा लेखेका छन्, ‘माफ गर्नुहोस् साथीहरू, मेरो कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । भगवानको आशिर्वादले, तपाईको प्रार्थना र डाक्टरको औषधिको सहयोगले, म छिट्टै निको हुने आशा गर्दछु। म सबै आवश्यक सावधानी अपनाइरहेको छु। म पनि सबै औषधि खाइरहेको छु..मेरो जन्मदिनको माया र शुभकामनाको लागि धन्यवाद..सबै सुरक्षित रहनुहोस्, आफ्नो ख्याल राख्नुहोस्।

सुनिल लाहिरीले आफ्नो जन्मदिनमा फ्यानहरूका लागि विशेष लाइभ सत्रको योजना बनाएका थिए। तर, कोरोना पोजेटिभ देखिएपछि उनले रद्द गर्नुपरेको थियो । सुनील लाहिरी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी प्रायः आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित तस्बिर र भिडियो शेयर गर्छिन् । जसका कारण उनको फ्यान फलोइङ पनि निकै बढेको छ । हालै उनले सिरियल ‘रामायण’का निर्माता रामानन्द सागरको सम्झनामा एउटा पोस्ट सेयर गरे जुन निकै भाइरल भएको थियो ।