सौम्या काम्बले बनिन् ‘इन्डियाज बेस्ट डान्सर २’ को विजेता

चर्चित डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर सिजन २’ की सौम्या काम्बले यस सिजनको विजेता बनेकी छन् । उपहार स्वरुप उनले ट्रफी, १५ लाखको चेक र स्विफ्ट कार पाएकी छन् ।

योसँगै उनको कोरियोग्राफर वर्तिका झालाई पाँच लाख रुपैयाँको चेकले सम्मान गरिएको छ । मनीष पलद्वारा होस्ट गरिएको शोमा टेरेन्स लुइस, गीता कपूर र मलाइका अरोरा निर्णायक रहेका छन् ।

यस्तै, शोको फाइनलमा ‘इन्डियाज गट ट्यालेन्ट’ का निर्णायक शिल्पा शेट्टी, बादशाह र मनोज मुन्ताशिरको सहभागीता रहेको थियो ।