भारतीय प्रख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि आईसीयू भर्ना

भारतीय प्रख्यात गायिका लता मंगेशकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको एएनआईले जनाएको छ।

मंगेशकरलाई आईसीयूमा राखिएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। ९२ वर्षीया मंगेशकरले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन्।

मंगेशकर यसअघि सन् २०१९ को सेप्टेम्बरमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।

मंगेशकरले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी छन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी छन् ।