माधवको ‘माया’

माधव अधिकारी मनोरञ्जन क्षेत्रमा उकाली चढ्दै गरेका नव-कलाकार हुन् । ओस्कार कलेजमा अभिनय विधामा ब्याचलर गरेका माधवले केही शर्ट फिल्म, म्युजिक भिडिओ, टिभिसी र सिरिजहरुमा काम गरिसकेका छन् । उनले अभिनय गरेको फ्रेन्चाइज टिभी सिरिज ‘क्राइम पेट्रोल नेपाल’को मास्टर माइन्ड एपिसोडको मुख्य भुमिकामा देखिने भएका छन् ।

हरेक ठाउँमा छुट्टाछुट्टै क्यारेक्टरमा काम गर्न मन लाग्ने बताउछन् माधव । ‘अहिले सम्म काम गरेजती सबैमा छुट्टै भुमिमाका प्रस्तुत भएको छु । तर, जे गरेपनि आफ्नो बेस्ट दिने कोशिशमा हुन्छु।’

माधव एक्टिङ कोच पनि हुन् । थुप्रै प्रोजेक्टमा उनले कास्टिङ डाइरेक्टर भएर काम गरिसकेका छन् । उनी एउटा इन्स्टिच्युट खोल्ने योजना पनि बनाइरहेका छन् । उक्त इन्स्टिच्युटमा अभिनय मात्र सिकाइने माधव बताउछन् । एक्टिङ सिक्नेहरुका लागि बेस्ट प्लेसको रुपमा स्थापित गर्ने मन भएको माधवको भनाई छ ।

माधव डाइरेक्सनमा पनि रुचि राख्छन् । कलेजमा एक्टिङ पढे पनि डाइरेक्सनको चाहिँ सेल्फ स्टडी गरिरहेका छन् रे । माधव ग्ल्यामरमा भन्दा आर्टमा विश्वास गर्छन् । सुकिला मुकिला लुगा लगाउने हीरो बन्न पटक्कै मन छैन माधवलाई । माधव भन्छन्- ‘कथाले जे माग्छ त्यही गर्छु । सुकिला मुकिला लुगा लगएर मात्र हीरो भैदैन । हीरोइजम त क्यारेक्टर, अभिनय र कथाको समिश्रण हो ।’

जे होस्, माधव थाइल्यान्ड फिल्म फेस्टिभलमा नेपालको प्रतिनिधि भएर पुगेका थिए । उनी नेपालबाट छानिएर २०१९ मा थाइल्यान्ड गएका थिए । आफैले बनाएको शर्ट फिल्म उक्त फेस्टिभलमा छानिएको थियो ।

माधवले ओस्कार कलेजमा हालसालै एउटा ‘माया’ नामक ड्रामा गरेका छन् । १२ मिनेट लामो ड्रामामा माधवले गरेको अभिनय हेर्दा ज्यान सिरिङ्ग हुन्छ । उनको अभिनयमा देखिएका फ्लक्चुएयसन्सहरु तारिफयोग्य छन् । ड्रामामा उनी आफ्नै श्रीमतिको हत्याराको रुपमा प्रस्तुत भएका छन् । उनले किन गरे त श्रीमतिको हत्या ? यहि पेरिफेरिमा ड्रामा सकिएको छ । १२ मिनेट सम्म दर्शकलाई बाधेर राख्छ माधवको यो ड्रामाले ।