नायीका वर्षाले लेखिन् : हाम्रो बारेमा कस्ले के के भने रे सञ्जोग ?

नायीका वर्षा राउतले आफ्ना पति एवं नायक तथा व्यवसायी सञ्जोग कोइरालासँगको तस्वीर आफ्नो सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

यि दुई बारमो अहिले अनेक थरी समाचार प्रकाशन भइ रहेका हुन्, खासमा सम्बन्ध विग्रेको भनेर समाचार आएका छन् । तर बर्षाले सेयर गरेको तस्बिरमा देखन सकिन्छ यि दुबै जनाले आफुहरु विरुद्ध आएका समाचारहरुलाई गिज्याएको देखन सकिन्छ ।

सञ्चार माध्यममा वर्षा र सञ्जोग बारे विभिन्न खालका अड्कलबाजी लगाउन थालेका थिए । वर्षाले सञ्जोगको फोटो हटाएको र सम्बन्धमा चिसोपना आयो भन्ने खालका समाचार देखिन थालेका थिए ।

अब भने यस्ता समाचारको भ्रम चिर्न वर्षा र सञ्जोग खुशी हुँदै फोटो पोष्ट गरेकी छन् । सामाजिक सञ्जालमा वर्षाले लेखेकीछन्: हाम्रो अफवाहहरू यसरी पढ्दै, कस्ले के के भने रे सञ्जोग कोइराला भनेर मोबाइलमा हेर्दे गरेको फोटो सार्वजनिक गरेकी छन् ।