हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’ सार्वजनिक (भिडियो)

- मेराेफिल्म

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ ।

हरिवंश आचार्य र समीक्षा अधिकारीको स्वरमा ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको हो।

नाटकय शैलीमा निर्माण गरिएको भिडियोमा नेपाली युवतीलाई फकाएर विदेश पुर्याउने कथा देखाइएको छ। आज बिहिबार राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरी यो गीत सार्वजनिक गरिएको हो।

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

२०७८ पुष २९ गते १७:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *