इन्स्टाग्राममा काइली जेनरको ३० करोड फलोअर्स हुने पहिलो महिला

काइली जेनर इन्स्टाग्राममा ३० करोड फलोअरको सङ्ख्या हुने पहिलो महिला बनेकी छन् । उनले फलोअरको सङ्ख्यामा पप स्टार एरियाना ग्रान्डेलाई पनि पछाडि पारेकी हुन्।

काइली एक रियालिटी टिभि स्टार र पेशाले व्यवसायी र एक कस्मेटिक कम्पनीकी संस्थापक पनि हुन् ।

इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गर्ने व्यक्तिको सूचीमा पहिलो नम्बरमा आधिकारिक इन्स्टाग्रामको खाता रहेको छ । यसको फलोअर्स चार सय ६० मिलियन छन् ।

योसँगै पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो नम्बरमा रहेका छन्, जसलाई तीन सय ८९ मिलियन प्रयोगकर्ताले फलो गरेका छन् । काइली जेनर तेस्रो नम्बरमा रहेकी छन् ।