आज बाट देशव्यापी प्रदर्शनमा ‘चपली हाइट ३’

क्राइम थ्रिलर जनरामा बनेको फिल्म ‘चपली हाइट ३’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ।

ओमिक्रोन भेरियन्टको तेस्रो लहर जोखिमका बीच प्रतीक्षित फिल्म ‘चपली हाइट ३’को देशभरका हलमा बुकिङ खुल्ला गरिएको छ । देशभरका सबै मल्टिप्लेक्सले बुधबारबाट नै फिल्मको बुकिङ खुल्ला गराइसकेका छन् ।

‘फिल्म चपली हाइट ३’लाई देशभरका मल्टिप्लेक्सले सुखद शो दिएको छ। देशकै ठूलो क्यूएफएक्स चेनले यो फिल्मलाई २९ शो उपलब्ध गराएको छ । यस्तै बिग मूभिजले चपली हाइटलाई चार शो दिएको छ । वान सिनेमाजले पनि चार शो उपलब्ध गाएको छ । वीएसआर तिन शो, एफक्युबमा पनि फिल्मले सुखद् शो पाएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

आजलाई प्रदर्शन मिति तय गरेको फिल्म अर्जुन कुमारले निर्माण र निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा आकाश बरालको पटकथा र संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।