‘ए मेरो हजुर ४’को टिजरसँगै प्रदर्शन मिति सार्वजनिक

नेपाली सुपरहिट सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएको छ । फिल्मको प्रदर्शन मितिसँगै टिजर पनि सार्वजनिक गरिएको छ । यस फिल्मको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । फिल्मको टिजरमा यी दुइ बीचको रोमान्स र विछोडको कथा देखाइएको छ ।

अनमोल र सुहानाको केमेष्ट्री र मन छुने संवादले यसको टिजरलाई शक्तिशाली बनाएको छ । यो फिल्म आउँदो बर्षको बैशाख १ गते प्रदर्शनमा आउने भएको छ । झरना थापाको निर्देशनमा तयार भएको फिल्मको सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

यस अघि चैत्र २५ मा प्रदर्शन हुने भनिएको यो फिल्म मिति सार्दै वैशाख १ गते प्रदर्शनमा आउने भएको छ ।