अभिनेत्री कीर्ति सुरेशलाई कोरोना संक्रमण

दक्षिण भारतीय अभिनेत्री कीर्ति सुरेशलााई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको उनले जानकारी दिएकी हुन् । ‘मैले कोरोना सुरक्षाको सबै नियम पालना गरिरहेको थिए । यो बीचमा मलाई केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले आइशोलेसनमा छु । सबै सतर्कता अपनाएकी छु ।’

पछिल्लो समय आफ्नो सम्पर्कमा आएको सबै मानिसलाई उनले कोरोना टेष्ट गर्न अनुरोध समेत गरेकी छन् । सबै मानिसलाई कोरोना भ्याक्सिन लगाउन आग्रह गरेकी कीर्तिले आफू छिट्टै ठिक भएर एक्सन अवतारका साथ फिल्ममा फर्किने बताइन् ।

बाल कलाकारबाट अभिनको यात्रा सुरु गरेकी उनले ‘इडु एन्ना मायम’, ‘महानती’, ‘सरकार’ र ‘गीताञ्जली’ जस्ता कयौं सुपरहिट फिल्म दिएकी छन् । उनले फिल्म ‘महानती’बाट नेशनल अवार्ड समेत जितेकी थिइन् ।