संसारकै धेरै हेरिने भिडियो बन्यो ‘बेबी शार्क’, दश बिलियन भ्यूज

अहिलेसम्मकै सबैभन्दा बढी युट्युबमा भ्यूज भएको भिडियो ‘बेबी शार्क’ बन्न सफल भएको छ । पाँच बर्ष पहिले सन् २०१६ मा पिंकफोंग बेबी शार्क नामक युट्युब च्यानलद्वारा अपलोड गरिएको ‘बेबी शार्क’ भिडियोले दश बिलियन भ्यूज पाउन सफल भएको छ ।

यो भिडियो युट्युबभरिमै सबैभन्दा बढि हेरिएको भिडियो बनेको छ । यो भन्दा पहिले लुई फोन्सीको ‘डेस्पासिटो’ भिडियो ७.७ बिलियन भ्यूसहित (७,७०१,७३९,८०२) सबैभन्दा बढी हेरिएको भिडियो थियो । अहिले यस ‘बेबी शार्क’ भिडियोको कुल भ्यूज १०,००७,१५७,३४४ रहेको छ ।

सन् २०१६ मा अपलोड गरिएको ‘बेबी शार्क’ भिडियो बालबालिका बिच असाध्यै मनपराइएको भिडियो हो । सन् २०१९ मा ‘बेबी शार्क’ च्यालेन्ज आएर पनि ‘बेबी शार्क’ भिडियोको रोचकता बढन पुगेको हो । ‘बेबी शार्क’ को एनएफटी कलेक्सन पनि रहेको छ ।