उषाका कारण केशवलाई निन्द्रा लाग्न छाडेपछि

भिडियो निर्देशनमा भर्सटायल छवि बनाएका निर्देशक माइकल चन्दले ‘निन्द्रा लाग्दैन’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । हरि क्रियशनको प्रस्तुतिमा तयार भएको यो गीतमा हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत, रचना रिमाल र सन्तोष रुचालको स्वर छ ।

निर्देशक चन्दले भिडियोलाई डान्सिङ शैलीमा तयार पारेका छन् । यो गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ ।

शिलन लम्सालकोे सम्पादनमा तयार भएको भिडियोमा सागर पौडेलकोे छायांकन छ । भिडियोमा मोडल उषा उप्रेतीको नृत्य आकर्षक छ ।