गायक जीवन शर्मा कोरोना संक्रमित

जनवादी गायक जीवन शर्मालाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि गायक शर्मा होम आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।

उनले भने, स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको र अहिले घरमै आराम गरिरहेको बताए ।

शरिद दुख्ने र रुघाखोकी लागेकाले परीक्षण गर्दा संक्रमण भएको उनले बताए । उनले भने, ‘अहिले स्वास्थ्यमा सुधार भएको छु र फ्रेस महसुस गरेको छु’।