विश्वभरका सर्ट फिल्महरु डिशहोमबाट हेर्न सकिने

डिशहोमले सर्ट टीभीसँगको सहकार्यमा सर्ट फिल्महरुको प्रसारण शुरु गरेको छ । सर्ट टीभीका फाउण्डर तथा सीईओ कार्टर पिल्चरले भर्चुअल कार्यक्रममा नेपालमा सर्ट टीभी शुभारम्भ गरेका हुन् ।

डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सर्ट टीभी लन्च गर्ने नेपाल दक्षिण एसियामा दोस्रो मुलुक हो भन्दै अब डिशहोममार्फत विश्वभरबाट सर्ट फिल्म हेर्न सकिने बताए । उनले यसबाट नेपाली कलाकार अभिनित सर्ट फिल्मसमेत विश्वभर पुग्नसक्ने बाटो खुलेको बताए ।

पछिल्लो समयमा सर्ट मुभीतर्फ दर्शक, कलाकार र निर्माणको आकर्षण बढेको बेला डिशहोमले नेपालमा फरक प्ल्याटफर्मबाट आफ्ना दर्शकलाई खुशी पार्न लागेको हो । डिशहोमको च्यानल नं ९२८ मा सर्ट फिल्म हेर्न सकिने छ ।

यो च्यानलमा ओस्कारका लागि नोमिनेट भएका नेपालीदेखि इण्डियन, टर्किश, इरानियन, ब्रिटिश, अमेरिकन सर्ट फिल्म हेर्न सकिने छ ।

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त लोकप्रिय सर्ट फिल्मले दर्शकहरुको आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा नेपाली सर्ट फिल्म पुर्याउनसमेत सहयोग पुग्ने आशा लिएको डिशहोमले जनाएको छ ।