मनिष प्रसाईको स्वरमा “मनै त हो” सार्वजनिक

नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन ।

उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए लासहरु ढल्दा भए, घोप्टो परेर काँचो रगत शासकहरुले पिउँदा भए” लगायतका उनका सृजनाहरु विगतमा निकै चर्चामा थिए । प्रेम र रोमान्सलाई गीतमा गायक प्रसाईले सुन्दर ढंगबाट ब्यक्त गरेका छन ।

मनिष स्यमको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीकालाई जिवनमा पाउनको लागी निकै सधर्ष गरेको कुरा गीतमा गायक ले गरेका छन । “मनै त हो” गीतको भिडियोमा रमेशजंग कुँवरको निर्देशन , मनिष प्रसाईको सम्पादन रहेको छ । रमेशजंग कुँवर, दिपेन पाण्डे र सविना घिमिरेकोे “मनै त हो” गीतको भिडियोमा जिवनन्त र आकर्षक अभिनय रहेको देख्न सकिन्छ ।