‘धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन,

साउथ फिल्मका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिएका थिए ।

धनुष र ऐश्वर्याबारे विभिन्न चर्चा चलिरहेका बेला धनुषका पिता एवं निर्माता कस्थुरी राजाले यस विषयमा बोलेका छन् । उनले धनुष र ऐश्वर्या अलग हुनुको कारण पारिवारिक झगडा मात्रै भएको बताएका छन् । उनले अरु सबै अफवाह भएको र उनीहरुबीच पारिवारिक झगडा भएको दाबी गरेका हुन् ।

यस्तै उनले यस आधारमा धनुष र ऐश्वर्याले सम्बन्ध विच्छेद नगर्ने समेत बताए । यो झगडाको कारण मात्रै असहमति भएको र यस्तो हरेक विवाहित जोडीबीच हुने भन्दै उनले सामान्य झगडाकै आधारमा उनीहरुले सम्बन्ध विच्छेद नगर्ने जानकारी दिए ।

केही दिनअघि आफ्नो सामाजिक सञ्जालमार्फत उनहिरुले ज्वाइन्ट स्टेटमेन्ट जारी गर्दै आफूहरु अलग हुने जानकारी गराएका थिए ।