भारतीय अभिनेता अरुण वर्माको निधन

बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक अन्य ठूला सेलिब्रिटीसँग काम गरेका थिए ।

वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । कवि उदय दहियाले सामाजिक सञ्जालमार्फत अरुण वर्माको निधनको जानकारी गराएका हुन । उनले लेखेका छन्, ‘मेरा साथी अभिनेता अरुण वर्माको आज बिहान भोपालमा निधन भएको छ । भगवानले उनलाई आफ्नो श्रीचरणमा स्थान दिउन् ।’

अरुण वर्माले सलमान खानको फिल्म किकमा काम गरेका थिए ।