फ्रान्सेली अभिनेता ग्यास्पर्ड उलिलको निधन

मार्भल स्टुडियोको आगामी मिनी टिभी शृंखला ‘मुन नाइट’ का ३७ वर्षिय ग्यास्पर्ड उलिलको निधन भएको छ । रिपोर्टका अनुसार ग्यास्पर्डको मृत्यु स्की दुर्घटनामा भएको हो ।

ग्यास्पर्डका परिवारका अनुसार उनको दक्षिण–पूर्वी फ्रान्समा स्कीइङ गर्ने क्रममा दुर्घटनामा गरेका हुन् । उनको टाउकोमा चोट लागेपछि मंगलबार अस्पताल भर्ना गरिएको थियो र निको नभएको अभिनेताको परिवार र स्थानीय एजेन्टले जनाएको छ ।

साभोई क्षेत्रमा भिरालोमा ठोक्किएपछि उनलाई हेलिकप्टरबाट ग्रेनोबलको अस्पतालमा लगिएको थियो ।