‘ध्रुव र सारिकाको ‘जित्यो मायाले’मा प्रिन्स र रोशनी

गायक ध्रुव विस्को पछिल्लो समयमा लोकप्रियता हासिल गरिरहेका छन् । उनको फरक शैलीका गीतले दर्शकको मन जितिरहेको छ । उनै, गायकले गायिका सारिका घिमिरेसँग मिलेर नयाँ गीत ‘जित्यो मायाले’ सार्वजनिक गरेका छन् ।
सारिकाले गीतमा प्रयोेग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेको संगीतले दर्शकको मन छुन्छ ।

भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोेशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोडारी, अनु पराजुली र बलराम परियारको अभिनय छ । भिडियोमा नायक पुष्प खड्काको पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पको सायरीबाट नै भिडियोको सुरुवात गरिएको छ ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइकोे छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक तथा संगीतकार ध्रुवले नै यो भिडियोको निर्देशन गरेका हुन् ।