अभिनेत्री प्रियंका चोपडा आमा बनिन्

बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।

उनले समाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी अहिले हाम्रो परिवारमा पूर्ण रूपमा केन्द्रित छौं। सबैलाई धेरै धेरै धन्यवाद,’

सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका बलिउडकी दोस्रो अभिनेत्री हुन्, जो सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सरोगेसीका माध्यमबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन् ।

प्रियंका र निक जोनासको जोडी बलिउडमा लोकप्रिय जोडीका रुपमा चिनिन्छन् । दुवैले सन् २०१८ डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार विवाह गरेका थिए ।

यस्तै केही समय अगाडि प्रियंका र निकको डिभोर्सको चर्चा समेत चलेको थियोे । प्रियंकाले सामाजिक संजालबाट आफ्नोे नामकोे पछाडि जोडिएको जोनस थर हटाएपछि यस्तोे चर्चा चलेकोे थियो । निकोलस जेरी जोनास एक अमेरिकी गायक, अभिनेता र रेकर्ड निर्माता हुन्।