बलिउडकी नम्बर वान नायिका घोषित कट्रिना, यी हुन् अन्य क्रमश हिरोइन

बलिउडकी एक नम्बर हिरोइन कट्रिना कैफ मानिएकी छिन् । भारतको प्रतिष्ठित मिडिया इन्डिया टुडेले सार्वजनिक गरेको ‘मुड अफ दी नेसन’ सर्वेक्षणमा कट्रिना पहिलो बनेकी हुन् । इन्डिया टुडेले गरेको एक सर्वेक्षणले कट्रिनालाई १ नम्बर हिरोइनको परिणाम आएको हो ।

पहिलो स्थानमा रहेकी कट्रिनाले ७.२ प्रतिशत मत प्राप्त गरेकी सर्वेक्षणले जनाएको छ । कट्रिनापछि दोस्रो स्थानमा दीपिका पादुकोन रहेकी छिन् । उनले ६.८ प्रतिशत मत पाउँदै दोस्रो स्थान कब्जा गरेकी हुन् । हलिउडमा धाक जमाइरहेकी प्रियंका चोपरा भने यो सूचीको तेस्रो नम्बरमा रहेकी छिन् । उनले ६.३ प्रतिशत मत प्राप्त गरेको सर्वेक्षणले देखाएको छ ।

कंगना रनावत र करिना कपुरले क्रमशः चौथो र पाँचौँ स्थान अटाएका छन् । उनीहरूले क्रमशः ४.९ र ३ं.६ प्रतिशत मत प्राप्त गरेका छन् । कट्रिनाको अघिल्लो साल ‘सूर्यवंशी’ प्रदर्शन भयो भने वर्षको अन्त्यमा उनले विक्की कौशलसँग विवाह गरिन् । दीपिकाको पनि ‘८३’ प्रदर्शन भयो तर राम्ररी चलेन । यही अवस्था कंगना र करिनाको पनि रह्यो ।