‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

लोक दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक गरिएको छ । खनालकै शब्द तथा स्वर रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । भिडियो निर्मल शर्मा ‘गै‌डा’ले निर्देशन गरेका हुन् ।

राजु केसीको छायाङ्कन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ ।

गीतमा गायक खनाल आफैंले पनि अभिनय गरेका छन् । उनलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छिन् ।