प्रियंका र निककी छोरी १२ हप्ता अगाडि जन्मिइन्, स्वास्थ्यमा समस्या

बलिउड अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनस आमा–बुबा बनेको खबर आज चर्चामा छ ।

शुक्रबार प्रियंकाले आफ्नो इन्स्टाग्राममार्फत् आफूहरूको पहिलो सन्तानको सरोगेसी (भाडाको खोप) मार्फत जन्म भएको जानकारी दिएकी हुन्।

यो कुराको जानकारी प्रियंका आफैंले सामाजिक सञ्जालमार्फत दिएकी हुन् । यसबाहेक उनीहरूले अरू केही जानकारी दिएका छैनन्।

यद्यपि, विभिन्न सञ्चारमाध्यमहरूले उनीहरूको बच्चा जन्मिनुपर्ने मितिभन्दा १२ साताअघि नै जन्मिएको बताइएको छ।

समय अगावै जन्मिएकाले उनीहरूको बच्चालाई अस्पतालमै राखिएको छ। त्यस्तै उनीहरूको सन्तान छोरी भएको बताइएको छ। एउटा अमेरिकी वेबसाइटका अनुसार प्रियंकाले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी छिन् ।

प्रियंकाकी छोरीको जन्म डाक्टरले दिएको समयभन्दा १२ हप्ता अगाडि नै भएको हो । शिशुको जन्म लस भेगासको बाहिरी क्षेत्र सदर्न क्यालोफोर्नियाको एउटा अस्पतालमा भएको हो ।

प्री– म्याचोर डेलिभरीका कारण शिशुमा कमजारी देखिएकाले जबसम्म शिशु पूर्ण रुपमा स्वस्थ्य हुन्नन्, तबसम्म उनलाई अस्पतालमा राख्ने निर्णय निक र प्रियंकाले गरेको उत्त: समाचारमा जनाइएको छ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार समय अगावै बच्चा जन्मिएको कारण बच्चा केही कमजोर छ । निक–प्रियंकाले जबसम्म बच्चा पूर्ण रुपमा स्वस्थ हुँदैन तबसम्म छोरीलाई अस्पतालमै राख्ने निर्णय गरेको बताइएको छ।